काठमाडौँको खानेपानी समस्या दीर्घकालीन समाधान गर्छौं : मन्त्री यादव

हिमाल प्रेस २ पुष २०८१ १६:१२ | Tuesday, December 17, 2024
काठमाडौँको खानेपानी समस्या दीर्घकालीन समाधान गर्छौं : मन्त्री यादव मन्त्री प्रदीप यादव

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताएका छन्।

मंगलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको खानेपानीको समस्या समाधानका दीर्घकालीन योजना बनाएर सरकार अगाडि बढिरहेको बताएका छन्।

उनले मेलम्चीको पानी वर्षमा आठ महिना मात्र काठमाडौँ आउने भएका कारण समस्या भइरहेको उल्लेख गर्दै त्यसको समाधान खोजिरहेको बताए। उनले काठमाडौँ उपत्यकामा २४ सै घण्टा पानी उपलब्ध गराउनको लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको र त्यसको लागि टेण्डर आह्वान भइसकेको समेत बताए।

प्रकाशित: २ पुष २०८१ १६:१२ | Tuesday, December 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast