नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु

हिमाल प्रेस १ पुष २०८१ १९:१६ | Monday, December 16, 2024
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ– मध्य नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। नाइजेरियाको बेनु नदीमा काठको डुङ्गा पल्टिँदा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका हुन्। अधिकारीहरूका अनुसार दुर्घटना शनिबार भएको हो।

स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किंदै गर्दा डुङ्गा दुर्घटना भएको बताए।

जेम्सले भने, ‘त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्। स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ।’

मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताएका छन्।

नाइजेरियामा डुङ्गा दुर्घटनाहरू प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले गर्दा हुन्छ।

प्रकाशित: १ पुष २०८१ १९:१६ | Monday, December 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast