आज पनि घट्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस ३० मंसिर २०८१ ११:१६ | Sunday, December 15, 2024
आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ‍‍- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला एक हजार दुई सय रुपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ गरी दुई दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।

प्रकाशित: ३० मंसिर २०८१ ११:१६ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast