श्रीलंका- श्रीलंकाको वैदेशिक रोजगार ब्युरो (एसएलबीएफइ) ले डिसेम्बर १३ सम्म तीन लाखभन्दा बढी श्रीलंकालीहरू रोजगारीका लागि विदेश गएको बताएको छ।
तीन लाख १६२ जना मध्ये एक लाख ७७ हजार ७०४ पुरुष कर्मचारी र एक लाख २२ हजार ३५८ महिला कर्मचारी रहेको शुक्रबार ब्युरोले जनाएको छ। कुवेत श्रीलंकाका कामदारहरूको लागि प्रमुख गन्तव्य हाे।
ब्युरोले सन् २०२४ को अन्त्यसम्ममा वैदेशिक रोजगारीमा जाने श्रीलंकालीहरूको संख्या तीन लाख ११ हजार पुग्ने अनुमान गरेको छ। सन् २०२२ मा तीन लाख १० हजार ९४८ जनाले वैदेशिक रोजगारीका लागि श्रीलंका छाडेका थिए।
आधिकारिक तथ्यांकका अनुसार श्रमिकहरूको रेमिटेन्स श्रीलंकाको शीर्ष विदेशी राजस्व कमाउने मध्ये एक हो।
प्रकाशित: २९ मंसिर २०८१ ८:४२ | Saturday, December 14, 2024
प्रतिक्रिया



