सहरमा आज : टुँडिखेलमा सांगीतिक कार्यक्रम, हलमा ‘पुष्षा २’ कै वर्चस्व

सुस्मिता बजगाईं २९ मंसिर २०८१ ६:४७
50
SHARES
सहरमा आज : टुँडिखेलमा सांगीतिक कार्यक्रम, हलमा ‘पुष्षा २’ कै वर्चस्व

काठमाडौँ-  आज मंसिर अन्तिम शनिबार। सधैँझै हामीले साताको शनिबार उपत्यकामा आज हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छाैँ। यो साता हलमा ‘पुष्षा २’ कै वर्चस्व छ। त्यस्तै अन्य साहित्यक कार्यक्रमलगायत केके हुँदैछन्, हेरौं।

टुँडिखेलमा सांगीतिक कार्यक्रम

काठमाडौँ महानगरपालिकाको स्थापना दिवसको अवसरमा आज सांगीतिक कार्यक्रम गर्दैछ। कार्यक्रम टुँडिखेल मैदानमा हुनेछ। कार्यक्रममा सुगम पोखरेल एन्ड बाजागाजा, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, ‘कुमा सागर एन्ड द ख्वप’, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, उर्गेन दोङसहित चर्चित ब्याण्ड र कलाकारको प्रस्तुति रहनेछ। साथै स्थानीय मौलिक झाँकी प्रदर्शनी, मौलिक खाना र मौलिक वस्तु तथा सामग्रीको प्रदर्शन स्टलहरु पनि रहनेछ। कार्यक्रममा प्रवेश निः शुल्क छ।

आर्ट काउन्सिलमा फोटो प्रदर्शनी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘नदीनाला कसका?’ शीर्षकमा प्रदर्शनी चलिरहेको छ। पुस ७ सम्म चल्ने प्रर्दशनीमा नौ महिनाको फेलोशिप कार्यक्रममा सहभागी कलाकारले तयार पारिएको फोटोग्राफी, फिल्म र अन्य बहुसञ्चार सामाग्री प्रस्तुत गरिएको छ। साथै अमन शाहीको ड्रमिङ कार्यशाला, प्रियंका तुलाचनको थकाली खाना पकाउने कार्यशाला, कैलाश राई र सारा टुनिच कोइचको छलफल सेसन पनि रहेको छ। प्रदर्शनी बिहान ११ बजेदेखि साझ ६ बजेसम्म चल्नेछ। प्रदर्शनीमा प्रवेश नि:शुल्क छ। प्रदर्शनी फोटो डट सर्कलले आयोजना गरेको हो।

हलमा फिल्म

कार्बन द हन्टर

अंग्रेजी फिल्म ‘कार्बन द हन्टर’ मंसिर २८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक जे सी चन्दोर हुन्। फिल्ममा आरोन टेलोर जोनसन, रसेल क्रो एरियाना मुख्य भूमिकामा छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मलमा फिल्मको ११ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, बिएसआर मुभिजमा फिल्मको सो छ।

पुष्पा २ः द रुल

मंसिर २१ देखि नेपालमा दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ उच्च सोसहित दोस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले भारतमा एक हजार करोडभन्दा मथिको ग्रस कलेक्सन गरिसकेको छ। नेपालमा पनि १५ करोड भन्दा बढी कमाएको वितरक कम्पनीको दाबी छ।

फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहाद फासिल, रमेश रावलगायत कलाकारको अभिनय छ। एक्सन, क्राइन, ड्रामा जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक सुकुमार बान्द्रेडी हुन्। फिल्म मैत्री मूभिज मेकरको ब्यानरमा निर्माण भएको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल, सिभिल मलमा फिल्मको ६३ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टरमा २२ सो, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टरमा १५ सो छ।

त्यस्तै एफक्यूब सिनेमाजमा ११ सो, बिग मुभिजमा १३ सो, रञ्जना सिनेप्लेक्समा १२ सो,सिटी सिनेमाजमा ९ सोसहित सिके सिनेमाज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल, कलंकी सिनेमा हलमा फिल्म चलिरहेको छ।

तेल भिसा

मंसिर ७ देखि नै हलमा ‘तेल भिसा’ पनि प्रदर्शन भइरहेको छ। फिल्म डायस्पोरामा सन्तान भेट्न विदेश जाने र उतै पलायन हुने नेपाली समाजको परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्मका निर्देशक शंकर घिमिरे हुन्। फिल्ममा विपिन कार्की, वर्षा राउत, पुजा लामा, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र सिटी स्क्वायर मलमा फिल्म र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

पूर्ण बहादुरको सारङ्गी

गत कात्तिक १५ देखि हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब ४५ करोडमाथि कमाएको निर्माण टिमको दाबी छ। गन्धर्व समुदायको कथाम आधारित फिल्ममा विजय बराल, अञ्जना बराइली, प्रकाश सपूत, मुकुन भुसाललगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक सरोज पौडेल हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ५ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, अष्टनारायण हलमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन भइरहेको छ।

प्रकाशित: २९ मंसिर २०८१ ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast