जसपा नेपालका तीनवटा नगर समिति पुनर्गठन

हिमाल प्रेस २८ मंसिर २०८१ १२:५७ | Friday, December 13, 2024
जसपा नेपालका तीनवटा नगर समिति पुनर्गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगरसमिति पुनर्गठन गरिएका छन्।

ललितपुर महानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र नुवाकोटको बेलकोटगढी नगरपालिकाका नगरसमिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने,‘सुरेश डंगोलको अध्यक्षतामा १५ सदस्यीय ललितपुर महानगर समिति, गोविन्द यादवको अध्यक्षतामा १३ सदस्यीय बर्दिबास नगरसमिति तथा स्वस्तिका राईको अध्यक्षतामा ११ सदस्यीय बेलकोटगढी नगरसमिति गठन भएको छ।’

त्यसैगरी जसपा नेपालले पार्टीका केन्द्रीय नेतालाई संगठन निर्माण अभियानमा खटाएको र प्रत्येक केन्द्रीय नेतालाई पालिका समिति गठन, पुनःगठनको जिम्मेवारी तोकिएको बस्नेतले बताए।

प्रकाशित: २८ मंसिर २०८१ १२:५७ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast