काठमाडौँ- नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठानले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मितिबाट चयन गरेको छ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्णप्रसाद मिश्र, महिला उपाध्यक्षमा अभिलाषा पोखरेल, सचिवमा चेतबहादुर (सिबी) अधिकारी, सहसचिवमा कुमारीकमला पौडेल, समावेशी सहसचिवमा गीता पराजुली, कोषाध्यक्षमा नवीन पौडेल चयन भएका छन्।
यसैगरी, सदस्यमा सृजना राई (थापा), रेशमा शाक्य, प्रमोद कार्की र रोशा बस्नेत तथा परिषद् सदस्यमा प्रकाश सिलवाल र छविलाल कुमाल (समावेशी) चुनिएका छन्।
प्रकाशित: २८ मंसिर २०८१ ७:५७ | Friday, December 13, 2024
प्रतिक्रिया





