चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

हिमाल प्रेस २८ मंसिर २०८१ ६:१९ | Friday, December 13, 2024
चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार एक सय पाँच रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ३७ हजार चार सय ७५ र ६८ हजार आठ सय ४१ रहेको थियो।

प्रकाशित: २८ मंसिर २०८१ ६:१९ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast