चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २७ मंसिर २०८१ १७:५६
10
SHARES
चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ– चार महिनामा ५ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ। साउनदेखि कात्तिक मसान्तसम्ममा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको तथ्यांकमा छ।

असोज मसान्तसम्ममा पनि ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो। राष्ट्र बैंकका अनुसार कात्तिकमा १ खर्ब १४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यो गत आवको सोही अवधिको तुलनामा भने ९.१ प्रतिशत बढी हो।

प्रकाशित: २७ मंसिर २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast