आज पनि बढ्यो डलर, येन र युरो भने घट्यो

हिमाल प्रेस २६ मंसिर २०८१ ६:१७ | Wednesday, December 11, 2024
आज पनि बढ्यो डलर, येन र युरो भने घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिंगेट, साउथ कोरियन वन, कुवेती दिनार, बहराइन दिनार र ओमनि रियालको मूल्य बढेको छ। यस्तै, युरोपियन युरो, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येनको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रूपैयाँ ०७ पैसा कायम भएको छ।  युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६६ पैसा, स्वीस फ्रयांक एकको खरिदर एक सय ५३ रूपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ६२ पैसा र बिक्रीदर ९६ रूपैयाँ ०४ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०४ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण गरेको छ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८ रूपैयाँ ९७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०२ पैसा र बिक्रीदर चार रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४७ पैसा र बिक्रीदर नौ रूपैयाँ ५१ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १२ रूपैयाँ ४३ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १३ पैसा र बिक्रीदर १९ रूपैयाँ २२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४२ पैसा र बिक्रीदर १७ रूपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रूपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ६२ पैसा, बढेको ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ ८७ पैसा, बिक्रीदर तीन सय ५३ रूपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ।

प्रकाशित: २६ मंसिर २०८१ ६:१७ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast