काठमाडौँ- प्रतिकूल मौसमका कारण मंगलबार त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।
जनकपुर, विराटनगर र राजविराज विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण ती सहरमा जाने उडान अवरुद्ध भएको बुध्द एयरका प्रवक्ता दीपेन्द्र कर्णले बताए। आन्तरिक उडान प्रभावित टर्मिनलमा यात्रुहरूको भीड लागेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ। यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रकाशित: २५ मंसिर २०८१ १२:४६
प्रतिक्रिया