काठमाडौँ- रौतहटमा सोमबार राति गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा भएको दुर्घटनामा बालबालिकासहित ५ जना घाइते छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बाराको गढीमाई मेलामा सहभागी भएर सिराहा फर्कँदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो जिप राति सवा १ बजे अनियन्त्रित भइ रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।
जिप सडक छेउको रूखमा ठोक्किँएर तल खसेको थियो । प्रहरीका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन। गम्भीर घाइते एक जनाको बयोधा अस्पताल वीरगञ्ज र अन्यको स्थानीय अस्पताल उपचार भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए।
प्रकाशित: २५ मंसिर २०८१ ९:२०
प्रतिक्रिया