टर्कीमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

हिमाल प्रेस २४ मंसिर २०८१ १८:४५
6
SHARES
टर्कीमा सैन्य हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- टर्कीको दक्षिणपश्चिम इस्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। प्रशिक्षण उडानको क्रममा दुर्घटना भएको हो।दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको बताइएको छ।

दुर्घटनामा ब्रिगेडियर जनरल इसा बेडिल्ली, इस्पार्टा आर्मी एभिएसन स्कूलका कमाण्डरको पनि मृत्यु भएको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताएका छन्।

एम्बुलेन्स र अग्नि नियन्त्रक सहित आपतकालीन टोलीहरू केसिबोर्लु जिल्ला नजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ।

प्रकाशित: २४ मंसिर २०८१ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast