प्रदेश १ : कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त

हिमाल प्रेस १४ पुष २०७९ १४:५७ | Thursday, December 29, 2022
प्रदेश १ : कांग्रेस संसदीय दलमा त्रिपक्षीय भिडन्त बायाँदेखि क्रमश अमृत अर्याल, उद्धव थापा र केदार कार्की।

इटहरी – नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको निर्वाचनमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्। यहाँ पनि केन्द्रमा जस्तै समूह देखिएको छ। सभापति शेरबहादुर देउवा समूहबाट अमृत अर्याल, नेता कृष्णप्रसाद सिटौला समूहका उद्धव थापा र शेखर कोइराला समूहका केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

संसदीय दलको दौडमा रहेका अर्का नेता भीम पराजुली भने उद्धव थापाको समर्थक बसेका छन्। संसदीय दलमा शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ।

९३ सदस्यीय प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ। त्यसका लागि १५ मत आवश्यक पर्छ।

१२ जना सांसद आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ। त्यस्तै शेखर कोइराला समूहले१० जना र सिटौला समूहले ९ जना आफ्नै समूहमा रहेको दाबी गरेको छ। केही सांसदलाई सबैले आफ्नै समूहमा रहेको दाबी गरेका छन्।

उम्मेदवारहरू

अन्तिम नामावली 

प्रकाशित: १४ पुष २०७९ १४:५७ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast