नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस २० मंसिर २०८१ १९:०२
नेशनल लाईफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षत्कार कार्यक्रम ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न भएको छ।

कर्णाली प्रदेशबाट लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले मायाको चिनो प्रदान गर्नुका साथै ‘अर्लि क्वालिफायर’ र ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्राप्त गर्न सफल अभिकर्ताहरूलाई सम्मान गरेका थिए।

उनले योजनाअन्तर्गत मधेश, गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र चाँडै सुदूरपश्चिम प्रदेशमा पनि यो कार्यक्रम आयोजना हुने जानकारी गराएका थिए।

योजनामा नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ता छनोट हुन सफल भइसकेको बताएका थिए।

कार्यक्रममा सहभागी अभिकर्ताहरू बीमा व्यवसायमा भोगेका समस्या, गुनासालगायतका विषयमा छलफल गर्न पाएको भन्दै खुसी व्यक्त गरेका थिए।

यो योजनाले अभिकर्ता र सीईओ दुवैलाई प्रत्यक्ष रूपमा जोडी अन्तरक्रिया गर्न अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकाले निरन्तरता दिन सुझाव दिएका थिए।

प्रकाशित: २० मंसिर २०८१ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast