मृत्युदण्ड दिने विश्वकै तेस्रो मुलुक बन्यो साउदी, एकै वर्षमा ३०३ लाई मृत्युदण्ड

हिमाल प्रेस १९ मंसिर २०८१ ७:४६
6
SHARES
मृत्युदण्ड दिने विश्वकै तेस्रो मुलुक बन्यो साउदी, एकै वर्षमा ३०३ लाई मृत्युदण्ड

काठमाडौँ-  साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। मुलुकको मृत्युदण्डको कूल संख्या उच्चतम हालसम्मकै बढी हो।

गत मंगलबार मात्रै चारजनालाई मृत्युदण्ड दिइएको छ। गृह मन्त्रालयलाई उद्धृत गर्दै आधिकारिक साउदी प्रेस एजेन्सीले लागुऔषध तस्करीमा दोषी ठहरिएका तीन जनालाई र अर्का हत्याका अपराधीलाई मृत्युदण्ड दिइएको जनाएको छ।

राज्य सञ्चारमाध्यमको रिपोर्टमा आधारित तथ्यांकअनुसार यसले यस वर्षका लागि मृत्युदण्डको कूल संख्या ३०३ पुर्‍याएको छ।

खाडी राजतन्त्रात्मक मुलुक साउदी अरेबियाले सेप्टेम्बर महिनासम्म मृत्युदण्ड दुई सयपटक लागू गरेको थियो। यसले हालका हप्ताहरूमा मृत्युदण्डको गति तीव्र रहेको देखाउँछ।

एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२३ मा साउदी अरेबियाले चीन र इरानपछि विश्वको तेस्रो सबैभन्दा धेरै कैदीहरूलाई मृत्युदण्ड दिएको थियो।

यसअघि सन् २०२२ मा देशमा एकै वर्षमा मृत्युदण्डको रेकर्ड संख्या १९६ पुगेको थियो। लन्डनस्थित मानव अधिकार समूहले सन् १९९० मा वार्षिक तथ्यांक दर्ता गर्न थालेको बताएको छ।

बर्लिनस्थित युरोपियन साउदी अर्गनाइजेशन फर ह्युमन राइट्स (इएसओएचआर)का कानुनी निर्देशक ताहा अल(हज्जीले सन् २०२४ मा मृत्युदण्डको ‘रकेट गति’ को निन्दा गर्दै यसलाई ‘बुझिन नसक्ने र अस्पष्ट’ भनेका छन्।

मानव अधिकारकर्मीहरूले पहिले साउदी अरेबियाले यस वर्ष ३०० भन्दा बढी मृत्युदण्ड दिन सक्ने चेतावनी दिएका थिए। प्रतिदिन करिब एउटा मृत्युदण्ड दर्ता भइरहेको छ। राससरएएफपी

 

प्रकाशित: १९ मंसिर २०८१ ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast