मन्दिर खन्ने क्रममा पूर्वी चितवनमा फेला पर्‍यो बम

हिमाल प्रेस १८ मंसिर २०८१ २१:१८
18
SHARES
मन्दिर खन्ने क्रममा पूर्वी चितवनमा फेला पर्‍यो बम फाइल तस्बिर।

चितवन- पूर्वी चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेट बम फेला परेको छ। कालिका नगरपालिका-३, चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार जमिन खन्ने क्रममा दुईवटा बम भेटिएका हुन्। ती बम डिस्पोज (निस्क्रिय) गर्नका लागि नेपाली सेनाको टोली परिचालन भएको उनले बताए। सेनाको टोली पुगेसँगै बमको अवस्थाको बारेमा थप जानकारी हुने उनले बताए।

प्रकाशित: १८ मंसिर २०८१ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast