दार्चुला दुहुँ गाउँपालिका–५ मा कांग्रेसका कुँवर निर्वाचित

हिमाल प्रेस १६ मंसिर २०८१ २१:४१ | Sunday, December 1, 2024
दार्चुला दुहुँ गाउँपालिका–५ मा कांग्रेसका कुँवर निर्वाचित

काठमाडौँ- दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षमा नेपाली कांग्रेसका धनसिंह कुँवर निर्वाचित भएका छन्।

नेकपा एमालेका मानसिंह बडाललाई पराजित गर्दै उनी वडाध्यक्षमा निर्वाचित भएका हुन्।

कुँवरले ३७६ मत ल्याउँदा बडालले ३५८ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८, स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरेका छन्।

अघिल्लोपटक यो वडाबाट माओवादी केन्द्रका मनोरथ भट्टले एमालेका मानसिंह बडाललाई पराजित गर्दै निर्वाचित भएका थिए।

 

प्रकाशित: १६ मंसिर २०८१ २१:४१ | Sunday, December 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast