रोल्पा रुन्टीगढी–४ मा कांग्रेसका मगर विजयी

हिमाल प्रेस १६ मंसिर २०८१ २१:०९ | Sunday, December 1, 2024
रोल्पा रुन्टीगढी–४ मा कांग्रेसका मगर विजयी

काठमाडौँ- रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा नम्बर ४ का वडाध्यक्षमा नेपाली कांग्रेसका भुपमणी पुन मगर निर्वाचित भएका छन्।

नेकपा एमालेका वेगम पुनलाई पराजित गर्दै मगर वडाध्यक्षमा निर्वाचित भएका हुन्।

कांग्रेसका मगरले ६४३ मत ल्याउँदा एमालेका पुनले ५३५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नरेशजंग सिंहले ७०, राप्रपाका पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हिमबहादुर पुनले ७ र मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर बुढाले ७ मत प्राप्त गरेका छन्।

यसअघि पनि याे वडामा कांग्रेस उम्मेदवार टंकबहादुर पुन निर्वाचित भएका थिए। कांग्रेसका टंकबहादुरबाट अघिल्लाेपटक पनि वेगम पुन पराजित भएका थिए। वेगम लगातार दाेस्राेपटक वडाध्यक्षमा पराजित भएका हुन्।

२०७९ सालकाे स्थानीय तह निर्वाचनमा कांग्रेसका टंकबहादुरले ४८८ मत ल्याउँदा वेगमले ४८० मत प्राप्त गरेका थिए। उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारले मत बढाउँदा माओवादी उम्मेदवारकाे मत घटेकाे छ।

प्रकाशित: १६ मंसिर २०८१ २१:०९ | Sunday, December 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast