महायज्ञबाट ६४ लाख संकलन

हिमाल प्रेस १५ मंसिर २०८१ १२:३७ | Saturday, November 30, 2024
महायज्ञबाट ६४ लाख संकलन सांकेतिक तस्बिर

बागलुङ- प्रसिद्ध गाजा दहलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचार गर्दै स्थापित गर्न गत शनिबारदेखि सञ्चालन भएको श्रीमद्भागवत् ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ।

सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरिएको थियो।

महायज्ञबाट ६४ लाख रुपैयाँ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका प्रचारप्रसार संयोजक दिलीप प्रतेलले जानकारी दिए। महायज्ञको व्यवस्थापनलगायत काममा २० लाख रुपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ।

महायज्ञमा शिवदत्त रेग्मी प्रमुख वाचकको भूमिकामा रहेका थिए। जैमिनी संकृतन समूहले भजनको व्यवस्थापन मिलाएको थियो। महायज्ञ सफल बनाउन जैमिनी नगरपालिकाले काठेखोलातर्फको चापाखर्कदेखि गाजा दह र कुश्मीसेरादेखि दमेक हुँदै गाजा दहसम्मका सर्वसाधारणलाई पालैपालो महायज्ञस्थलमा उपस्थित गराएको थियो।

गाजा दह समुन्द्री सतहदेखि दुई हजार चार सय ६० मिटर उचाइमा छ। चिसो मौसम र भौगोलिक कठिनाइका कारण महायज्ञमा अनुमान गरेजस्तो भक्तजनको उपस्थिति नभएको मूल आयोजक समितिले जनाएको छ।

प्रकाशित: १५ मंसिर २०८१ १२:३७ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast