बढ्यो सुनचाँदीको मूल्य

हिमाल प्रेस १४ मंसिर २०८१ ११:५२ | Friday, November 29, 2024
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ– नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रू एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला रू ४५ ले बढेको हो।

हिजो सुन प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो। आज प्रतितोला रू एक हजार छ सयले बढेर रू एक लाख ५० हजार नौ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै, हिजो चाँदी प्रतितोला रू एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला रू ४५ ले बढेर रू एक हजार आठ सय ४५ कायम भएको छ।

प्रकाशित: १४ मंसिर २०८१ ११:५२ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast