काठमाडौँमा रविको बयान सुरु

हिमाल प्रेस १४ मंसिर २०८१ १०:५४ | Friday, November 29, 2024
काठमाडौँमा रविको बयान सुरु रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिन सुरु गरिएको छ। उक्त कार्यालयका एक अधिकारीका अनुसार केही बेरअघिदेखि बयान चलिरहेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि अनुसन्धान गर्न पोखराबाट हिजो बेलुका काठमाडौँ ल्याइएको हो।

रविले गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन र स्वर्णलक्ष्मीसहित ५ वटा सहकारीका रकम लगेर अपचलन गरेको आरोप छ।

प्रकाशित: १४ मंसिर २०८१ १०:५४ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast