खाजा खर्च जोगाएर ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

हिमाल प्रेस १३ मंसिर २०८१ २१:१८ | Thursday, November 28, 2024
खाजा खर्च जोगाएर ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौँ- अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आएकी सोनिया अधिकारीले झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरूलाई न्यानो कपडा वितरणगरेकी छन्।

बुबाआमाले दिएको खाजा खर्च, दसैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र अशक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताइन्।

‘मलाई यहाँ आएर सहयोग गर्न मन थियो। त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ,’ उनले भनिन्, ‘मैले केही वर्षदेखि नै खाजा खर्च, दसैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिएँ। त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ। सहयोग गर्न पाउँदा खुसी लागेको छ।’ उनले १४ लाख बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेको बताइन्।

सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मिएकी हुन्। डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुगेकी थिइन्। रासस

प्रकाशित: १३ मंसिर २०८१ २१:१८ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast