परराष्ट्रमन्त्री राणा भोलि चीन जाँदै, चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्ने

हिमाल प्रेस १२ मंसिर २०८१ १५:४७ | Wednesday, November 27, 2024
परराष्ट्रमन्त्री राणा भोलि चीन जाँदै, चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप उनी त्यसतर्फ जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार परराष्ट्रमन्त्री राणा तीनदिने चीन भ्रमणमा जान लागेकी हुन्। मंसिर १३ गतेदेखि १५ गतेसम्म उनको चीन भ्रमण तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमणका लागि स्वीकृति प्रदान गरेको थियो।

चीनका परराष्ट्रमन्त्री वाङ वाईको निमन्त्रणामा उनी चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्रले जनाएको छ।

भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी वाङसँग द्विपक्षीय हितका साथै प्रधानमन्त्री ओलीको आसन्न भ्रमणका विषयमा छलफल गर्ने छिन्। प्रधानमन्त्री ओली यही १७ गते चीन भ्रमणमा जाँदैछन्।

परराष्ट्रमन्त्री राणाको मंसिर १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८१ १५:४७ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast