इजरायली राजदूतले गरे बीपी सङ्ग्रहालयको निरीक्षण

हिमाल प्रेस ११ मंसिर २०८१ १५:१३ | Tuesday, November 26, 2024
इजरायली राजदूतले गरे बीपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ- गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बीपी सङ्ग्रहालयको निरीक्षण गरेका छन्।

इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाप्रति सम्मान प्रकट गर्न उनले सङ्ग्रहालयको भ्रमण गरेका हुन्।

यहाँस्थित इजरायली दूतावासले आज जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको राजदूत बासले बताएका छन्।

उनलाई सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलले स्वागत गर्दै नेता कोइरालालाई नौ वर्ष बन्दी बनाइएको सुन्दरीजल जेललाई नै सङ्ग्रहालयका रुपमा विकास गरिएको जानकारी दिए।

इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबीच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन्। इजरायल नेपाली श्रमिकहरूका लागि  आकर्षक गन्तव्य हो।

प्रकाशित: ११ मंसिर २०८१ १५:१३ | Tuesday, November 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast