मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट

हिमाल प्रेस १० मंसिर २०८१ १९:५० | Monday, November 25, 2024
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एण्ड वेल्नेस सेन्टरमा विशेष छुट

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ–३ लाजिम्पाटस्थित ‘जेनो फार्मेसी प्रालि’ र ‘निर्भाना फिजियोथेरापी एन्ड वेल्नेस सेन्टर’ सँग विभिन्न औषधिहरू र स्वास्थ्यसम्बन्धी सेवाहरू खरिद र डेलिभरीमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

फिजियोथेरापी, ओस्टियोपैथी, नेचुरोप्याथी, प्राकृतिक चिकित्सा, आयुर्वेदिक चिकित्सालगायतमा छुट दिने गरी सम्झौता भएको हो।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारी र ग्राहकहरूले लाजिम्पाट र भक्तपुर शाखा कार्यालयबाट विभिन्न औषधि र स्वास्थ्यसम्बन्धी सामग्री खरिदमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साथै बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाईहरू बिक्रीमा ल्याउने भएको छ।

यो कोषको प्रवद्र्धक मुक्तिनाथ विकास बैंक रहेको छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ।

प्रकाशित: १० मंसिर २०८१ १९:५० | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast