दुर्गा प्रसाई अस्पतालमा

हिमाल प्रेस १० मंसिर २०८१ ६:४९ | Monday, November 25, 2024
दुर्गा प्रसाई अस्पतालमा दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौंमा प्रसाईले आफू क्यान्सरको विरामी भएको बताएपछि अदालतले उनको उचित उपचारको व्यवस्था मिलाउन भनेको थियो।

त्यसपछि उनलाई स्वास्थ्य परिक्षणका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको एक जना प्रहरी अधिकृतले जानकारी दिए ।

अदालतले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबीसहित भिडिओ सार्वजनिक गरेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घरैबाट पक्राउ गरेको थियो ।

 

प्रकाशित: १० मंसिर २०८१ ६:४९ | Monday, November 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast