काठमाडौँ – टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले मिट सम्पन्न गरेको हो।
च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ प्रमुख उत्सव वनर्जीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा टाटा अटोकम्प इन्डियाका मार्केटिङ प्रमुख वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए।
त्यस्तै अटोकम्पका सेल्स प्रमुख उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाबारे जानकारी दिएका थिए।
कार्यक्रममा टाटा ग्रिन होम युपिएस र इन्डस्ट्रियल ब्याट्रीसमेत लन्च गरिएको थियो। नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम युपिएस र ७.२, ९ र १२ एएचका इन्डिस्ट्रियल ब्याट्रीसमेत उपलब्ध भएका छन्।
जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जको ब्याट्री उत्पादन गरिरहेको छ।
कम्पनीले वार्षिक रूपमा १४ लाख फोर ह्विलर र २४ लाख, टु ह्विलर सवारी साधनका लागि उत्पादन गर्दै आएको छ। यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ।