काठमाडौँ- झारखण्ड विधानसभामा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी(भाजपा)लाई पछि पार्दै झामुमो(झारखण्ड मुक्ति मोर्चा)ले अग्रता देखाएको छ।
बीबीसी हिन्दीका अनुसार हालसम्म झामुमो ४९ स्थानमा अगाडि छ भने भाजपा २९ स्थानमा मात्र अगाडि छ। केही समयअघि सम्म भाजपा अगाडि थियो।
यहाँ ८१ सिटका लागि १३ नोभेम्बर र २० नोभेम्बरमा दुई चरणमा मतदान भएको थियो। झारखण्डमा भाजपा र झामुमो नेतृत्वबीच प्रतिस्पर्धा छ। अधिकांश सिटमा भाजपा आफैँ चुनाव लडिरहेको छ।
झारखण्डमा भाजपा र जेएमएमबीच प्रतिस्पर्धा छ। भाजपाले सबै सिटमा प्रतिस्पर्धा गरिरहेको छ। पार्टीले आफ्नो गठबन्धन साझेदार अल झारखण्ड स्टुडेन्ट युनियनलाई १० सिट दिएको छ।
राज्यमा सत्ताका लागि जेएमएम र काङ्ग्रेस मुख्य दावेदार हुन्। सन् २०१९ को चुनावमा जेएमएम राज्यको सबैभन्दा ठुलो पार्टीको रूपमा देखा परेको थियो। यसले काङ्ग्रेस र राष्ट्रिय जनता दलको समर्थनमा सरकार गठन गऱ्यो।
बीबीसीबाट