९२ किलो गाँजासहित चारजना पक्राउ

हिमाल प्रेस ७ मंसिर २०८१ १६:५४ | Friday, November 22, 2024
९२ किलो गाँजासहित चारजना पक्राउ फाइल तस्बिर

वीरगञ्ज- प्रहरीले वीरगञ्जबाट ९२ केजी प्रतिबन्धित गाँजासहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१६ बाइपास सडकखण्डमा वडा प्रहरी कार्यालय विर्ता लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी इनर्वाबाट खटिएको सँयुक्त टोलीले ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो।

जाँचको क्रममा ट्रकभित्र चार वटा बोरामा लुकाइ राखिएको प्रतिबन्धित ८५ केजी गाँजा प्रहरीले बरामद गरेको थियो।गाँजासहित सिन्धुपालचोक बलेफी गाउँपालिका–६ बस्ने ३६ वर्षीय शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिका–९ बस्ने ४८ वर्षीय पृम्बा रुम्बा र कैलाश गाउँपालिका–१ बस्ने २८ वर्षीय सुर्य बहादुर मोक्तानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए।

यसैगरी वीरगञ्ज्–१६ शंकराचार्य गेटस्थित प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले चेकजाँचको क्रममा गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जाँचको क्रममा वीरञ्जबाट भारतको रक्सौलतर्फ जाँदै गरेको अवस्थामा भारत बिहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने ६५ वर्षीय गोगल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनले बोकेको झोलाबाट सात केजी गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ छ।गाँजासहित पक्राउ परेका चारैजना विरुद्ध विरुद्ध लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रवक्ता लम्सालले बताए।

प्रकाशित: ७ मंसिर २०८१ १६:५४ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast