झन्डै १४ अर्ब रुपैयाँको स्मार्टफोन आयात

हिमाल प्रेस ७ मंसिर २०८१ १५:५८
6
SHARES
झन्डै १४ अर्ब रुपैयाँको स्मार्टफोन आयात फाइल तस्बिर

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा रु. १३.४ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो चार महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले आठ लाख २७ हजार ९२५ युनिट स्मार्टफोन आयात गरेको हो।

यसमा सबैभन्दा बढी चीनबाट रु. ९.१९ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। यो कुल मोबाइल आयातको लगभग दुई-तिहाई हो। भारतबाट रु. ४.०२ अर्ब बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ।

सरकारले स्मार्टफोन आयातबाट रु. २.४९ अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८.३ लाख युनिट स्मार्टफोन आयात भएको थियो।

प्रकाशित: ७ मंसिर २०८१ १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast