आयात-निर्यात दुवै बढ्यो

हिमाल प्रेस ७ मंसिर २०८१ १५:३६ | Friday, November 22, 2024
आयात-निर्यात दुवै बढ्यो

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापारमा सामान्य वृद्धि भएको छ। कुल व्यापार रु. ५६६.०६ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. ५६३.०७ अर्ब थियो। अहिले ०.५३ प्रतिशतले वृद्धि भएको भन्सार विभागले शुक्रबार जारी गरेको चार महिनाको वैदेशिक व्यापारको तथ्यांकमा उल्लेख छ।

आयात र निर्यात दुवैमा वृद्धि भएकाले व्यापार घाटामा थोरै कमी आएको छ। यसैगरी आयात ०.१७ प्रतिशतले बढेर रु. ५१३.३९ अर्ब पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. ५१२.५० अर्बको आयात भएको थियो।

निर्यात भने तीव्र रूपमा ४.१६ प्रतिशतले बढेर रु. ५२.६७ अर्ब पुगेको छ। अघिल्लो वर्षको चार महिनामा रु. ५०.५७ अर्ब थियो।

व्यापार घाटा ०.२६ प्रतिशतले घटेर रु. ४६०.७२ अर्बमा झरेको विभागको तथ्यांकमा उल्लेख छ। आयात-निर्यात अनुपात १०.१४ बाट ९.७५ मा झरेको छ। जसले व्यापारको गतिशीलतामा थोरै सुधार भएको संकेत गर्दछ।

निर्यात कुल व्यापारको ९.३० प्रतिशत रहेको छ। अघिल्लो वर्षको चार महिनामा ८.९८ प्रतिशत व्यापार भएको थियो। यो ३.६२%को सुधार हो। आयातको हिस्सा भने ९०.७० प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष ९१.०२ प्रतिशत आयात भएको थियो।

प्रकाशित: ७ मंसिर २०८१ १५:३६ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast