पाल्पामा सवारी दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ७ मंसिर २०८१ १०:१६ | Friday, November 22, 2024
पाल्पामा सवारी दुर्घटनामा एकको मृत्यु

पाल्पा- पाल्पामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो।

रैनादेवी छहरा ४ धजाबान्नेस्थित अमलाबास-भुवनपोखरीको भित्री कच्ची सडक खण्डमा भुवनपोखरीबाट सिद्धेश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा पुनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। दुर्घटनापछि पिकअप भ्यानका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: ७ मंसिर २०८१ १०:१६ | Friday, November 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast