गत पन्ध्र हप्तामा लाओसा दुषित मदिराको सेवनले पाँच पर्यटकको ज्यान गएको बताइएको छ। दुई डेनिस नागरिकसहित बेलायती र अष्ट्रेलियाली दुई महिला र एक अमेरिकी पुरुषको मृत्यु भएको छ। अर्की एक अष्ट्रेलियाली महिला अस्पतालमा गम्भीर बिरामी छन्।
मृत्युबारे प्रहरी अनुसन्धान गरिरहेको समाचारहरूले जनाएका छन्। अहिले सम्मको अनुसन्धानले उनीहरूले मेथेनोलले भरिएको पेय पदार्थ सेवन गरेको हुन सक्छ। जुन प्रायः बुटलेग रक्सीमा पाइने घातक पदार्थ हो।
मिथेनोल विषाक्तता लामो समयदेखि दक्षिण-पूर्वी एसियाभरि, विशेष गरी मेकोङ नदीको छेउछाउका गरीब देशहरूमा चिनिने समस्या भएको छ। बीबीसीबाट
प्रकाशित: ७ मंसिर २०८१ ७:०७ | Friday, November 22, 2024
प्रतिक्रिया




