नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

हिमाल प्रेस ५ मंसिर २०८१ १७:०५ | Wednesday, November 20, 2024
नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौँ- नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतसँग ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न गरेको छ।

कोशी प्रदेशबाट योग्य भएका करिब ५५ जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै स्किममा व्यवस्था भएअनुसार अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्स्लेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई सम्मान गरेका थिए।

प्रमुख कार्यकारी अधिकृतले यो कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनोट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन्।

यो कार्यक्रम मधेश प्रदेश र गण्डकी प्रदेशमा सम्पन्न भइसकेको र छिट्टै अन्य प्रदेशहरूमा पनि गरिने उनले जानकारी दिए।

प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरूको हितलाई मध्यनजर गरी ‘मिट द सीईओ’ कार्यक्रम ल्याइएको र नेपालभरबाट तीन सयभन्दा बढी अभिकर्ताहरू छनोट भएकोमा कोशी प्रदेशबाटमात्रै ५५ जना अभिकर्ताहरू छनोट हुन सफल भएकाले यो योजनामा जोडिन सम्पूर्ण अभिकर्ताहरूसँग आग्रह गरे।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षका बारेमा जानकारी गराउन पाएकोमा खुसी व्यक्त गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८१ १७:०५ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast