पुथा उत्तरगंगा गाउँपालिका-२ : माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित

हिमाल प्रेस ५ मंसिर २०८१ १५:३८ | Wednesday, November 20, 2024
पुथा उत्तरगंगा गाउँपालिका-२ : माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनअन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले माओवादीका उम्मेदवार जगत घर्तीको मात्रै मनोनयन कायम रहेकोले उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। स्थानीय तहको उपनिर्वाचन मंसिर १६ मा हुँदैछ।

नेपाली कांग्रेस र नेकपा एमालेतर्फका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। २०७९ को निर्वाचनमा माओवादीका उम्मेदवार जसबहादुर श्रीपालिले २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए।

प्रकाशित: ५ मंसिर २०८१ १५:३८ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast