कांग्रेसलाई एमालेको आरोप : बीआरआईमा पहिले हस्ताक्षर गरेर अहिले गिजोल्ने काम गरियो

हिमाल प्रेस ५ मंसिर २०८१ १५:३९ | Wednesday, November 20, 2024
कांग्रेसलाई एमालेको आरोप  : बीआरआईमा पहिले हस्ताक्षर गरेर अहिले गिजोल्ने काम गरियो

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता साझेदार नेपाली कांग्रेसप्रति लक्षित गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा पहिले हस्ताक्षर गरेको भए पनि अहिले गिजोल्न थालेको आरोप लगाएका छन्।

बुधबार काठमाडौँमा संचारकर्मीहरूसँग बोल्दै ज्ञवालीले भने, ‘उहाँहरूले नै हस्ताक्षर गर्नुभयो, पछि गिजोल्न लाग्नुभयो।’ सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार हुँदा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री रहेका प्रकाशशरण महतले बीआरआई सम्झौतामा हस्ताक्षर गरेका थिए।

ज्ञवालीले उक्त सम्झौतापछि ९ परियोजना नेपालले छानिसकेको भन्दै त्यसमा लगानीको ढाँचा भने अझैं टुंगिन बाँकी रहेको बताए। उनले भने, ‘बीआरआईमा ९ परियोजना छानेका छौँ, तर फन्डिङ मोडालिटीमा प्रवेश नै गरेका छैनौँ।’

बीआरआईबारे सत्तारुढ दुई दलबीच फरकमत रहेको स्वीकार गर्दै ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणअघि समझदारीमा पुग्नेसमेत दाबी गरे। ‘अलिअलि डिफरेन्सेस छ तर प्रमको भ्रमणअघि नै एउटा समझदारीमा पुग्छौँ,’ उनले भने।

प्रकाशित: ५ मंसिर २०८१ १५:३९ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast