दुर्गा प्रसाईलाई पाँचदिन हिरासतमा राख्न अदालतको अनुमति

हिमाल प्रेस ५ मंसिर २०८१ १४:१६ | Wednesday, November 20, 2024
दुर्गा प्रसाईलाई पाँचदिन हिरासतमा राख्न अदालतको अनुमति दुर्गा प्रसाई. फाइल तस्बिर।

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँचदिनको म्याद दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो।

अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको नेपाल प्रहरीको साइबर ब्युरोका एसपी दीपकराज अवस्तीले जानकारी दिए। प्रसाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो।

गत सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब बढी रकम लगानी गरेको प्रमाण भन्दै किर्ते कागजात सार्वजनिक गरेका थिए।

प्रकाशित: ५ मंसिर २०८१ १४:१६ | Wednesday, November 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast