काठमाडौँ- दुर्गा प्रसाई पक्राउ परेका छन्। प्रसाईलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी दोस्रोपटक पक्राउ परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसहितलाई गम्भीर आरोप लगाएका प्रसाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो।
‘सीआईबीकै टोलीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेर अहिले ब्युरोमा ल्याइँदैछ,’ सीआईबी प्रमुख दीपक थापाले हिमालप्रेससँग भने, ‘विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिमाथि गम्भीर आरोप लगाउने, अफवाह फैलाएकोले नियन्त्रणमा लिइएको हो।’ थापाले ब्युरो ल्याएसकेपछि आवश्यक कारबाही सुरु हुने बताए।
प्रकाशित: ४ मंसिर २०८१ १२:३८ | Tuesday, November 19, 2024
प्रतिक्रिया




