कालिमाटीमा तरकारी : ठूलो गोलभेँडा ९५, कुरिलो ११५०

हिमाल प्रेस ४ मंसिर २०८१ ९:२५ | Tuesday, November 19, 2024
कालिमाटीमा तरकारी : ठूलो गोलभेँडा ९५, कुरिलो ११५०

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (मंगलबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज बोडी, भन्टा, घिरौँला, गोलभेँडा, कुरिलोसहित केही तरकारीको मूल्य बढेको छ। प्याजको मूल्य भने केही घटेको छ।

कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ९५, सानो भारतीय गोलभेँडा ७०, रातो आलु ७२, सेतो आलु ५९, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, स्थानीय काउली ११०, तराईको काउली ८५, सेतो मुला ३५, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी तने बोडी १४५, मकै बोडी ७५, करेला ९५, तराईको परबल १०५, घिरौँला ८५, पाकेको फर्सी ३५, भिन्डी १५५, स्कुस १७, रायोको साग ४५, पालुंगोको साग ९५, चम्सुरको साग ११०, कन्य च्याउ २२६, डल्ले च्याउ ३१३, कुरिलो ११५०, ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा ६५, भारतीय सानो गोलभेँडा ७५, सुकेको भारतीय प्याज ११२, तराईको गाँजर १३५, स्थानीय काउली १११, तराईको काउली ६५, लाम्चो भन्टा ३५, तने बोडी ११५, करेला र परबल ९५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी हरियो फर्सी ४५, भिन्डी ९५, स्कुस १७, रायोको साग ४५, तोरीको साग ५५, कन्य च्याउ २२६, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थियो।

 

प्रकाशित: ४ मंसिर २०८१ ९:२५ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast