ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

हिमाल प्रेस २ मंसिर २०८१ १८:४० | Sunday, November 17, 2024
ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौँ- ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।

स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन दर्ताको कार्यसूची थियो। उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिनसक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एकरएक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ।

प्रकाशित: २ मंसिर २०८१ १८:४० | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast