काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीका रूपमा प्रकट हुने दाबी गरेका छन्। कीर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि आइतार सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्य हेर्दा उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीका रुपमा प्रकट हुने देखिएको बताएका हुन्।
मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जित हुने दाबी गरे। अहिलेको लोकतान्त्रिक प्रणाली बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ।
महामन्त्री शर्माले प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने दाबी गरे।