नेसपा नयाँ शक्तिको समर्थन स्वतन्त्र उम्मेदवारलाई

हिमाल प्रेस २ मंसिर २०८१ १२:३९ | Sunday, November 17, 2024
नेसपा नयाँ शक्तिको समर्थन स्वतन्त्र उम्मेदवारलाई नेसपा नयाँ शक्ति पार्टीले समर्थन गरेको काठमाडौँ महानगरपालिका–१६ का स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठ।

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेसपा नयाँ शक्तिले स्थानीय तह उपचुनावमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

यही मंसिर १६ गते हुने स्थानीय तह उपचुनावमा नेसपा नयाँ शक्तिले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।

नेसपा नयाँ शक्तिले काठमाडौँ महानगरपालिका–१६ मा स्वतन्त्र उम्मेदवार देवेन्द्र कुमार श्रेष्ठलाई समर्थन गरेको छ।

नयाँ शक्तिका कार्यकर्ताहरू उनको चुनावी अभियानमा केही दिनदेखि नै सक्रिय छन्।‍

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हुँदैछ।

कीर्तिपुर नगरप्रमुखमा नेसपा नयाँ शक्तिले गरायो महर्जनको उम्मेदवारी दर्ता

प्रकाशित: २ मंसिर २०८१ १२:३९ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast