डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

हिमाल प्रेस ३० कार्तिक २०८१ २०:४५
26
SHARES
डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

काठमाडौँ- नेपाल आयल निगमले शनिबारदेखि लागू हुने गरेर डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरेको हो।

मूल्य वृद्धि भएसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भवलारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५० रूपैयाँ ५० पैसा कायम भएको छ।

त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ र तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा १५३ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित: ३० कार्तिक २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast