आज कति पुग्यो सुनचाँदीको मूल्य?

हिमाल प्रेस ३० कार्तिक २०८१ ११:४० | Friday, November 15, 2024
आज कति पुग्यो सुनचाँदीको मूल्य?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। बिहीबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।

तोलाको एक लाख ५० हजारसम्म झर्न सक्छ सुनको मूल्य

प्रकाशित: ३० कार्तिक २०८१ ११:४० | Friday, November 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast