सकियो सेनाद्वारा आयोजित चारदिने लिगल सेमिनार

हिमाल प्रेस २९ कार्तिक २०८१ १९:३८ | Thursday, November 14, 2024
सकियो सेनाद्वारा आयोजित चारदिने लिगल सेमिनार

काठमाडौँ- सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसर पारेर आयोजित लिगल सेमिनार-२०८१ आज (बिहीबार) सम्पन्न भएको छ। कात्तिक २६ गतेबाट जंगी अड्डामा सुरू भएको सेमिनारको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गरेका हुन्।

नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष सेमिनार आयोजना हुँदै आएको सेनाले जनाएको छ।

सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरूबाट सम्बद्ध विषयहरूमा प्रस्तुतीकरण भएको थियो।

समापन समारोहमा प्रधानसेनापतिले कानुन अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिए।

प्रकाशित: २९ कार्तिक २०८१ १९:३८ | Thursday, November 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast