सुकुमबासीको विवरण किन मागियो? सेनाको यस्तो जवाफ

हिमाल प्रेस १६ वैशाख २०८३ १५:३१ | Wednesday, April 29, 2026
सुकुमबासीको विवरण किन मागियो? सेनाको यस्तो जवाफ जंगी अड्डा

काठमाडौँ- नेपाली सेनाले सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएकाले सुकुमबासीको विवरण माग गरिएको जनाएको छ। सेनाले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सेनाका स्थानीय युनिटहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौजन तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापना कार्यहरूलाई सहज बनाउने उद्देश्यले विवरण माग गरिएको जनाएको हो।

सुकुमबासीहरूको विवरण माग गरेको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा सेनाको आलोचना भएको थियो।

सेनाले वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै मानवीय भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्वतयारीको योजना गर्दै आएको पनि जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १५:३१ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast