प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको १० बुँदे ध्यानाकर्षण

हिमाल प्रेस २८ कार्तिक २०८१ १४:०६
34
SHARES
प्रधानमन्त्री ओलीलाई ज्ञानेन्द्र शाहीको १० बुँदे ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका छन्। बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीलाई शाहीले कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, प्रतिष्ठानका पदहरूमा योग्यतामा आधारित नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब–भत्तामा सुधार लगायत माग रहेका छन्।

१. आत्मनिर्भर कृषि उत्पादन : स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकीकरण गर्दै साना तथा ठुला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ।

२. प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्ति : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग।

३. कर्मचारीको व्यवस्थापन र तलब -भत्ता सुधार : लामो समयदेखि तलब) भत्तामा अनियमितता भोग्दै आएका स्थायी शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन गर्दै अनावश्यक राजनीतिक नियुक्ति रोक्न माग।

४. डायलिसिस मेसिनको संचालन : दक्ष जनशक्तिको अभावमा सञ्चालनमा नआएको डायलिसिस मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन।

५. प्राध्यापक र सहप्राध्यापकको नियुक्ति : अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस् भनी प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस्।

७. शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणको बजेट : एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गरियोस्।

८. स्याउ कर्पोरेसनको स्थापना : जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापनाको माग।

९. फलफूल विकास कार्यालय स्थापना : स्याउ र ओखर लगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरियोस्।

१०. कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति : फलफूल, जडीबुटी र बन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालयलाई थप बजेटको व्यवस्थासहित स्तरोन्नति गरियोस्।

१०. कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नति : कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत (दैलेख) नाग्मा सडकको स्तरोन्नति तथा मर्मत गरियोस्।

प्रकाशित: २८ कार्तिक २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast