रास्वपामा उपनिर्वाचनको टिकट वितरणको अधिकार बुर्लाकोटीलाई

हिमाल प्रेस २८ कार्तिक २०८१ १३:१६ | Wednesday, November 13, 2024
रास्वपामा उपनिर्वाचनको टिकट वितरणको अधिकार बुर्लाकोटीलाई कविन्द्र बुर्लाकोटी

काठमाडौँ- आगामी मंसिर १६ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उपनिर्वाचनका उम्मेदवारकोल टिकटमा हस्ताक्षर गर्ने अधिकार बुर्लाकोटीलाई दिएको हो।

असोज १३ गतेको बैठकले टिकट दिने अधिकार सभापति रवि लामिछानेलाई दिएको थियो। तर सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक दुई गते प्रहरीले पक्राउ गरेपछि अहिले उक्त अधिकार बुर्लाकोटीले पाएका हुन्।
मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ। रास्वपाले पहिलोपटक स्थानीय तहको निर्वाचनमा सहभागी जनाउँदै छ।

प्रकाशित: २८ कार्तिक २०८१ १३:१६ | Wednesday, November 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast