कालीकोट जिप दुर्घटना अपडेट : मृतक सात जनाको पहिचान खुल्यो

हिमाल प्रेस २५ कार्तिक २०८१ १९:३० | Sunday, November 10, 2024
कालीकोट जिप दुर्घटना अपडेट : मृतक सात जनाको पहिचान खुल्यो

कालीकोट- कालीकोटको पलाता गाउँपालिका-३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका सात जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र  गणेश शाही, पलाता-५ की छाया शाही, पलाता-३ का दमन रोकाया र चालक धनिराम रावत रहेका छन्।

यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भुपेन्द्र  रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ।

घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ। पलाता गाउँपालिका-५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो।

प्रकाशित: २५ कार्तिक २०८१ १९:३० | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast